कालीकोट २५ कात्तिक । कालीकोटमा यात्रु बहाक जिप दुर्घटना हुँदा ६ जनाको यात्रुको घटना स्थलमै मृत्यु भएको छ । भने १३ जना यात्रु घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक गोविन्द्र प्रसाद चौधरीले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
जिल्लाको पलाँता गाउँपालिका वडा नं. ३ राडुनेटा स्थित आइतबार दिउँसो अन्दाजी साढे २ बजेको समयमा क १ ज ५६ नं. को बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा सडकदेखि करिब ३०० मिटर तल खसेको छ । मृतकहरुको पहिचान खुलेको छैन् । अहिले दुर्घटना परि घाइते भएका यात्रुहरुको हेलिकप्टर मार्फत उद्धार भई रहेको प्रहरी निरिक्षक चौधरीले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
