• ट्रेण्डिङ्ग :
लुम्बिनी र सिचुआन सरकार विच पर्यटन प्रबर्द्धनमा पहल

लुम्बिनी र सिचुआन सरकार विच पर्यटन प्रबर्द्धनमा पहल


  • 2.2K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.3K Views

    लुम्बिनी र सिचुआन सरकार विच पर्यटन प्रबर्द्धनमा पहल

    दाङ, २८ कार्तिक । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन  त्यहाँ पुग्नु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार विच पर्यटन प्रबर्द्धनमा सहकार्य गरिने बताउनु भएको छ । 

    images

    भगेनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका विचमा सहयोग आदानप्रदानलाई तिब्रता दिइने उहाँले बताउनु भएको हो । छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दु बाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिदै चीनले पर्यटनको क्षेत्रमा हाँसिल गरेको उपलब्धि र सिकाइलाइ अनुसरण गरिने, पर्यटन प्रबर्द्धनमा सहकार्य हुने बताउनु भयो ।, हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चीनिया अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छ,उहाँले भन्नुभयो-लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँको सिकाइ उपलब्धि मुलक बन्ने छ ।,

    WhatsApp Image 2024-11-13 at 11.08.27 AM.jpeg

    मुख्यमन्त्री आचार्य सहित सम्मेलित भ्रमण दलले छेन्दु अन्तराष्ट्रीय रेलवे बन्दरगाहाको समेत अवलोकन गरेको छ । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकि श्रीमती दिपा आचार्य लगायत भ्रमणमा सहभागी हुनुहुन्छ ।

    WhatsApp Image 2024-11-13 at 11.08.27 AM (2).jpeg


    तेस्रो आँखा