काठमाडौँ,फागुन १८ ।
बलात्कार मुद्धा लागेका सांसद मोहन बानियाँलाई बाँके जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ । बाँके प्रहरीलाई अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद दिएको हो । फागनु १६ गते पक्राउ परेका सांसद बानियाँसंग प्रहरीले म्याद थप भएको ५ दिनको अवधिमा बयान लिने छ । जुम्लाकी एक महिला माथि बलात्कार गरेको आरोपमा बानियाँबिरुद्ध बाँके प्रहरीमा उजुरी परेको थियो । ती महिलाले आफूलाई नेपालगञ्ज स्थित एक होटेलमा राखेर बलात्कार गरेको दाबी सहित उजुरी हालेकी थिईन् । बानियाँ मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद हुन् ।
