• ट्रेण्डिङ्ग :
दाङको तुलसीपुर बजार क्षेत्रका कुन कुन बैंकका एटिएम मेशिनहरु चल्दैनन ?

दाङको तुलसीपुर बजार क्षेत्रका कुन कुन बैंकका एटिएम मेशिनहरु चल्दैनन ?


  • 7.6K
    SHARES
    • मंसिर ७, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 11.6K Views

    दाङको तुलसीपुर बजार क्षेत्रका कुन कुन बैंकका एटिएम मेशिनहरु चल्दैनन  ?

    तेस्रो आँखा/तुलसीपुर दाङ । 

    images

    मान्छेहरुलाई पहिला जस्तो मन नपरे पनि वाध्य भएर तेही बैंकको सेवा लिनु पर्छ भन्ने स्थिती अहिले छैन। यहीँ प्रतिस्पर्धामा ग्राहकहरुलाई आफ्नो बैंकतिर आकर्षित गर्न अहिले बैंकहरुले थप बैंकिङ सेवाहरु दिन थालेका छन। एटिएम “Automated Teller Machine” त्यस मध्ये एउटा थप बैंकिङ सेवा हो जसबाट मान्छेले आफुले चाहेको समयमा सजिलै पैसा निकाल्न सक्छ। दाङको तुलसीपुर नगरपालिकामा सबै बर्गका करिब २८ वटा प्राइभेट बैंकहरु संचालनमा छन।

    ती मध्ये कुनै बैंकहरुका एटिएम मेशिन छन भने कुनै बैंकहरुका एटिएम मेशिनहरु छैनन् । बैंक समयभन्दा अगाडी वा पछाडी मानिसहरुलाई पैसा आवश्यक परेमा तुरुन्त पैसा निकाल्न सकियोस् भन्ने हेतुले बैंकहरुले एटिएम मेशिनहरु राखेका हुन्छन। एटिएम सेवा संचालन गरेर एकातिर बैंकहरुले एटिएम फिबाट अतिरिक्त पैसा कमाई रहेका हुन्छन भने अर्कोतिर बैंकका ग्राहकहरुले बैंक नखुलेको समयमा पनि एटिएमबाट पैसा निकालेर आफ्नो काम चलाईरहेका हुन्छन। 

    B.jpeg

    बैंक नखुलेको समयमा पैसा निकाल्न सजिलो होस भनेर दाङको तुलसीपुर बजार क्षेत्रभित्र राखिएका सबै एटिएम मेशिनहरु चल्दैनन् । जसले गर्दा मानिसहरुले चाहिएको बेला आफ्नो पैसा निकाल्न सक्दैनन र उनीहरुले आर्थिक समस्या बेहोर्नु पर्छ। तुलसीपुर बजार क्षेत्रभित्र राखिएका सबै एटिएम मेशिनहरुले राम्रोसँग काम नगरेका कारण एटिएम ग्राहकहरुले दु:ख पाईरहेको भन्ने जनगुनासो आएपछि “तेस्रो आँखा डटकम” को टिमले तुलसीपुर बजार क्षेत्रमा भएका केहि एटिएमहरुको स्थलगत परिक्षण अवलोकन गरेको थियो। “तेस्रो आँखा डटकम” को टिमले परिक्षण अवलोकन गर्ने क्रममा नेपाल बैंक लिमिटेडबाट परिक्षण अवलोकन शुरु गरेको थियो। नेपाल बैंक लिमिटेड बैंकको एटिएम मेशिन चलेको थिएन जसको कारण त्यो एटिएमबाट पैसा निकाल्न सकिएन। 

    राष्ट्रिय बाणिज्य बैंक, एभरेस्ट बैंक, एनआइसि एसिया बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैक, एनएमबि बैंक, नेपाल आईबियल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक, ज्योति विकास बैंक, सानिमा बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एनआईएमबि बैंक र सिटिजन बैंकहरुका एटीएम मेशिनहरुले राम्रोसँग काम गरी रहेका थिए र पैसा निकाल्न समस्या थिएन। हिमालयन बैंकको एटीएम मेशिनमा तेस्रो आँखाको प्रतिनिधिको एटिएम कार्ड नै एटीएम मेशिनमै अड्किएको थियो।   

    त्यस्तै प्रभु बैंक, र राष्ट्रिय बाणिज्य बैंक (प्रादेशिक अस्पताल) नजिकैका एटीएम मेशिनहरु बन्द थिए। तुलसीपुरमा रहेका कामना बिकास बैक र सांग्रिला विकास बैंकहरुले एटीएम सेवा शुरु गरेका छैनन। 

    a.jpe

    राष्ट्रिय वाणिज्य बैंकले बिरामीहरुको सजिलोका लागि राप्ती प्रादेशिक अस्पताल नजिकै एटिएम सेवा सुरु गर्यो। खासगरी अस्पतालमा आउने बिरामीहरुको सजिलोका लागि राष्ट्रिय वाणिज्य बैंकले अस्पतालको गेटमा एटिएम सेवा सुरु गरेको हो। अस्पतालको गेटमै वाणिज्य बैंकले एटिएम सेवा सुरु गरेपछि अस्पतालमा उपचारका लागि आउँने बिरामी, उनका आफन्त र आसपासका स्थानीयलाई सजिलो भयो। तर २४ सै घण्टा संचालन हुनु पर्ने एटिएम मेशिन पनि कार्यालय समयमा मात्रै (सरकारी कर्मचारी जस्तै) संचालन हुने र अन्य समयमा बन्द हुँदा सेवाग्राहीहरुले दु:ख भोग्नु परेको जन गुनासो छ। अस्पताल परिसरमा भएको बैंकको एटिएम सेवा २४ सैं घण्टा चालू अवस्थामा राख्नुपर्ने सेवाग्राहीको माग छ।


    तेस्रो आँखा