• ट्रेण्डिङ्ग :
भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो


  • 4.7K
    SHARES
    • मंसिर ८, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 7.2K Views

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं ८ मंसिर । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका(७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको खुलेको छ ।

    images

    कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन् । २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको थियो । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको छ ।

    प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ । कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ ।

     


    तेस्रो आँखा