मोरङ १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित हुनु भएको छ । उहाँले ६ हजार ९६९ मत प्राप्त गर्नु भएको छ ।
उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ६ हजार ३३३ मत ल्याउनु भएको छ । एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मत प्राप्त गर्नु भएको छ । पालिका अध्यक्ष जितेका कांग्रेसका जयप्रकाश गच्छदारको निधनपश्चात उपनिर्वाचन भएको हो ।
