• ट्रेण्डिङ्ग :
दाङ–सल्यान सडक खण्ड दैनिक पाँच घण्टा बन्द

दाङ–सल्यान सडक खण्ड दैनिक पाँच घण्टा बन्द


  • 3.3K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.0K Views

    दाङ–सल्यान सडक खण्ड दैनिक पाँच घण्टा बन्द

    तुलसीपुर १७ मंसिर । राप्ती राजमार्ग अन्तरगत दाङ–सल्यान सडक खण्ड दैनिक पाँच घण्टा बन्द गरिएको छ । सडक स्तरवृद्धिका समयमा नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि दैनिक पाँच घण्टा बन्द गरेको हो ।

    images

    राप्ती राजमार्ग हरेक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म बन्द गरिएको हो । वैकल्पिक मार्ग नभएपछि यात्रु दिनभरि उक्त सडकमा रोकिएका छन् ।

    सडक डिभिजन कार्यालय घोराही दाङकै रोहबरमा सूचना प्रकाशन गरिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो । उहाँका अनुसार राप्ती राजमार्गको राम्री कपुरकोट सडक खण्डमा गाडी आउजाउ बन्द गरिएपनि बिरामी बोकेका एम्बुलेन्स लगायत चारपाङ्ग्रे साना गाडीहरु कपुरकोट–किमुचौर–सातलवास– पैयाखोला हुँदै सञ्चालन गर्न सकिने छ ।


    तेस्रो आँखा