• ट्रेण्डिङ्ग :
एनआरएनएलाई आवाज बिहीनहरुको आवाज बोल्ने ठाउँको रुपमा स्थापित गर्छौ : काफ्ले

एनआरएनएलाई आवाज बिहीनहरुको आवाज बोल्ने ठाउँको रुपमा स्थापित गर्छौ : काफ्ले


  • 2.6K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.0K Views

    एनआरएनएलाई आवाज बिहीनहरुको आवाज बोल्ने ठाउँको रुपमा स्थापित गर्छौ : काफ्ले

    पोर्चुगल १८ मंसिर । गैर आवासीय नेपाली सघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले संघलाई आवाज बिहीनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताउनु भएको छ । राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाई संग नजिकबाट परिचित रहेको बताउँदै आगामी दिनमा कुनै प्रकारको गुनासोमा पनि सहयोग गर्ने बताउनु भएको छ ।

    images

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सघका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमालले समाजमा चर्पस्ट हुने गरि बदनामी र बेइज्जत सुन्न पनि अप्ठ्यारो भएकोले संस्थामा हस्तक्षेपनै गर्नु परेको बताउनु भयो । बिगतमा गरिएको सहमती कार्यान्वयन गर्न आनाकानी गरेपछि अहिलेको अबस्था सृजना भएको उहाँको भनाई थियो । उहाँले आगामी दिनमा भुइ मान्छेहरुको समस्यामा डटेर लाग्न अध्यक्ष दीपा काफ्लेलाई सुझाउनु भएको थियो ।

    कार्यक्रममा पुर्ब अध्यक्षहरु लक्ष्मी प्रसाद सापकोटा, तिलक गैरे, रमेश गुरुङ्ग र रबिन क्षेत्री अधिकरिले पनि अब दीपा काफ्ले नेतृत्वको संघ नै आधिकारिक एनआरएनए भएकोले सघलाई जुन सुकै किसिमले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । गैर आवासीय नेपाली सघ पोर्चुगल का कार्यबाहक महासचिव दिपेस बिक्रम  बिस्टले सन्चालन गर्नु भएको कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष सुजन लामाले स्वागत गर्नु भएको थियो भने स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढापृथी, राष्ट्रिय तामाङ्ग धेदुङ्ग सघ पोर्चुगलका अध्यक्ष इमान तामाङ्ग लगायतले संघले गर्ने हरेक रचनात्मक बिषयमा एक्यवद्धता  रहने बताउदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    1e903207-dacc-4eb6-97c6-7097cb52ac6f.jpg


    तेस्रो आँखा