• ट्रेण्डिङ्ग :
थारु कल्याणकारिणी क्षेत्र नम्बर ३ ले माघ महोत्सव गर्ने

थारु कल्याणकारिणी क्षेत्र नम्बर ३ ले माघ महोत्सव गर्ने


  • 6.9K
    SHARES
    • मंसिर २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 10.6K Views

    थारु कल्याणकारिणी क्षेत्र नम्बर ३ ले माघ महोत्सव गर्ने

    तुलसीपुर, २२ मंसिर थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ले माघ महोत्सवको आयोजना गर्नेविषयमा थारु अगुवा तथा बुद्धिजीविहरूसँग छलफल गरेको आज शनिबार तुलसीपुर उपमहानगरपालिका वडानम्बर स्थित नमुना भूह्याँर थान जबरपुरमा थारु अगुवा, बुद्धिजीवी, थारू जनप्रतिनिधिहरुसँग माघ महोत्सव गर्ने विषयमा छलफल गरेको हो

    images

    थारु कल्याणकारिणी क्षेत्र नम्बर का अध्यक्ष मोहोन कुमार थारुको अध्यक्षतामा भएको बैठक तथा छलफलमा थारु समुदायको हराउँदै गएको सांस्कृतिक धरोहरको संरक्षण माघ पर्वको महत्वप्रति छलफल भएको हो

    IMG_1234.jpeg

    थारु समुदायको प्राचीन सांस्कृतिक पहिचानलाई जोगाउन आगामी पुस्तासम्म यसलाई हस्तान्तरण गर्न, दंगीशरण राजाको इतिहास प्रचारप्रसार गर्न आवश्यक कदमहरू अघि बढाउनुपर्ने सहभागीहरुले जोड दिइएका थिए थारु समुदायको हराउदै गएको संस्कृति संरक्षण र प्रबर्द्धनका लागि समुदायलाई सचेत बनाउने स्थानीय सरकार तथाविभिन्न थारू संघ संस्थाहरूको सहकार्य आवश्यक रहेकोमा उनीहरुले जोड दिएका हुन्

    थारु समुदायको माघ पर्वको महत्वलाई जनसमूहमा प्रकट गर्दै, संस्कृति परम्पराहरूको संरक्षणमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने सभाले उद्देश्य राखेको

    IMG_1233.jpeg

    माघ महोत्सवको लागि दाङ क्षेत्र नम्बर अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका, बबई गाँउपालिका, तुलसीपुर- ११ नम्बर वडासँग समन्वय गरेर अघि बढ्ने बैठकले निणर्य गरेको

    सभाको आगामी बैठक मंसिर ३० गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको थारु राजा सुकौराकोट दरबारमा बस्ने निणर्य गरिएको सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो

    यसैबिच स्थानीय सरकारसंग समन्वयका लागि पाँच सदस्यीय टोलि गठन भएको जसमा मोहन कुमार थारु, आशा चौधरी, सत्यनारायण चौधरी, जनकलाल चौधरी इन्द्रजित चौधरी रहनुभएको


    तेस्रो आँखा