• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमा, उँधौली र यमरीपुन्हीको शुभकामना

प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमा, उँधौली र यमरीपुन्हीको शुभकामना


  • 3.8K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.9K Views

    प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमा, उँधौली र यमरीपुन्हीको शुभकामना

    काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उँधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    images

    सामाजिक सञ्जालमार्फत उहाँले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भन्नुभयो, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठुलो महत्त्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।” 

    प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उँधौली पर्व मनाइने प्रचलन रहेको बताउनु भएको छ । 


    तेस्रो आँखा