• ट्रेण्डिङ्ग :
दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • 2.5K
    SHARES
    • पौष २, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.8K Views

    दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    दाङ २ पुस । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बेलुका साढे ६ बजेको समयमा राप्ती गाउँपालिका- २ लालमटिया कटेशनाला नजिक पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    images

    ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर निवासी १८ वर्षीय सोनु गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

    ट्रकको ठक्करबाट गम्भिर घाइते भएका गुरुङको गएराती नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा