• ट्रेण्डिङ्ग :
नेपालले भारतलाई ९५ रनको लक्ष्य दियो

नेपालले भारतलाई ९५ रनको लक्ष्य दियो


  • 2.0K
    SHARES
    • पौष २, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.1K Views

    नेपालले भारतलाई ९५ रनको लक्ष्य दियो

    काठमाडौं २ पुस । एसिसी महिला यु–१९ एसिया कपमा नेपालले भारतसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    समूह चरणको जारी दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसामू ९५ रनको लक्ष्य प्रस्तुत गरेको हो । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो ।

    नेपालका लागि कप्तान पूजा महतोले २५ तथा अलिशाकुमारी यादवले अविजित २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पछि नेपाल ९४ रनमा सिमित भएको हो । भारतका लागि परुनिका सिसोडियाले चारसहित मिथाली र आनन्दिताले समान एक एक विकेट लिएका छन ।


    तेस्रो आँखा