• ट्रेण्डिङ्ग :
रैथाने बाली विकासका लागि मन्त्रालय लागिपरेको छ : मन्त्री अधिकारी

रैथाने बाली विकासका लागि मन्त्रालय लागिपरेको छ : मन्त्री अधिकारी


  • 2.2K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.4K Views

    रैथाने बाली विकासका लागि मन्त्रालय लागिपरेको छ : मन्त्री अधिकारी

    काठमाडौँ, ५ पुस । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली विकासका लागि मन्त्रालय लागि परेको बताउनु भएको छ । 

    images

    शुक्रबार अनाज संस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तन सँगै रैथानेबाली मानिसहरूको प्राथमिकतामा पर्दे गएको बताउनु भएको हो ।

    मन्त्री अधिकारीले रैथाने खना पछिल्लो पुस्ताले भुल्दै गएको भएपनि स्वास्थ्यलाई मध्यनजर गर्दे रैथाने बालीप्रति मानिसहरूको रुचि बढ्दै गएको उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले रैथानेबाली बढाउनका लागि मन्त्रालय सधैँ सचेत रहेको धारणा राख्नुभयो । 

    कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारहरूलाई कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो ।


    तेस्रो आँखा