साथीहरु धेरै तन्त्र व्यवस्थाले उब्जायो चर्का नारा मिठो घोषणापत्र अनि भाषण !
ढुक्कसंग सुन्ने पढ्ने निरिहले सुकिला/मुकिलाका देखावटी शब्दमा सिमित अनुशासन !
सिद्धान्त बिहिन सत्ता लिनलाई लाज पचाउने नेतृत्वको कस्तो चाला ?
बेहोसीमा वंश विनाश गर्दै उन्मादमा निति/विधि मिच्ने कस्तो चाला ?
नयाँ शिक्षा लागु भयो अरे रुपान्तरण गर्ने खेलो/मेलो तिर लाग्यो नेतृत्व !
आश्वासन बाँड्दै गुलियो सपना ताजै छ मानसपटलमा मेटाउन सनातन अस्थित्व !
भाषण मन्तव्यले भिरपाखा टोल बस्ती गुन्जियो गरिबगुरुवालाई निशुल्क उपचार खै ?
अभियानका नाममा निशुल्क खोप भ्याक्सिन राज्यकोषबाट कति दुरुपयोग भयो प्रश्न खै ?
समाजसेवा सादा जीवनका कुरा सन्यासीले झैँ गर्नुपर्छ भनाई लोभ/मोहले चुर्लुम्म डुबायो नेतृत्व अधुरै रहे !
आशाका त्यान्द्रा बेकार आश्वासन वाद तन्त्र सत्ता फेरियो काम फेरिएन साथी हाम्रा अवस्था अधुरै रहे !
नागरिकको सत्ता सयकडौं पटक फेरिदा नागरिकको नाममा बहाना झुक्याएको बुझेको खै ?
भरौटे भाइ( भतिजा भएसम्म प्रयोग हुने माफियाले राष्ट्रको स्रोत/साधन रित्तियो देखेको खै ?
राष्ट्रघात हुने सन्धि/सम्झौता सिमा/साँध मिचिएको कुरा सत्ता बाहिर हुँदामात्र हुने सधैं !
सङ्क्रमणको बेला मौकामा चौका हान्दैछन् फलिफाप पुस्तौं सन्तानलाई सबै !
सहभागीता समानुपातिक समावेसी शब्द वाक्यांशमा अधुरै रह्यो सत्तारूढको चेतना खुलेको खै ?
प्राकृतिक सम्पदा मास्न देशीविदेशी माफिया नयाँ/नयाँ निति विधि प्रयोग गर्दै साथी दृष्टि खुलेको खै ?
