काठमाडौं, २३ फागुन। स्थानीय सरकारका जनप्रतिनिधिहरुको कार्यकाल अर्थात स्थानीय तहको अवधि पाँच वर्ष पुरा हुँदैछ। गाउँगाउँमा सिंहदरवार भन्ने नारा सहित नेपालमा स्थानीय सरकार स्थापना भए। स्थानीय सरकार आएको पाँच वर्ष पूरा हुनै लाग्दा आमनागरिकहरुले गाउँका सिंहदरबारहरुलाई कसरी अनूभुति गरे ? हरेक स्थानीय तहका लागि यो समीक्षाको विषय बनेको छ। स्थानीय सरकारसँग आधारभुत आवश्यक्ता पूर्तिसँगै विकास निर्माणको अपेक्षा गरेका आमनागरिकले के महसुस गरेका छन् ? यसै विषयमा हामीले काठमाडौं भेटिएका केही आम नागरिकको धारणा लिएका छौं।
कुसुम वाइबा
पहिला राजनीतिक क्षेत्रमा महिलाको सहभागिता कम थियो। स्थानीय सरकार आएपछि यो क्षेत्रमा महिला सहभागिता बढ्दो छ। स्थानीय सरकार बनेपछि कतिपयले आफ्नै ठाउँमा रोजगारी पनि पाएका छन्। सबै सेवा सुविधाको लागि जिल्ला सदरमुकाम पुग्न पर्ने बाध्यतालाई केही हद सम्म स्थानीय सरकाले कम गरेको छ।
आशिष पूडासैनी
सुरुमा चुनावताका माहोल बेग्लै थियो। विभिन्न दलका आकाशछुने विकासका सपना घोषणापत्र। गाउँगाउँमा सिंहदरबारको चर्को नारा थियो। यसैकारण आमनागरिकको जीवनशैलीमा पनि ठूलो परिवर्तन हुन्छ भन्ने आशा पलाएको थियो। तर गाउँ गाउँमा मन्त्री पुगेका छन्। सुरक्षासहित सरकारी पजेरो चढेका छन्। कुनै दिन कार्यालयमा देखिँदैनन्। फरक यती हो कि पहिला भ्रष्टाचार सिंहदरबार काठमाडौंमा थियो तर अहिले त्यो भ्रष्टाचार गाउँगाउँमा पुगेको छ।
पद्मा भट्टराई
स्थानीय सरकार आएपछि राम्रा नराम्रा धेरै कुराहरु भएको आफूले अनुभव गरेको छु। केही सकरात्मक कुराहरु छन् भने केही नकरात्मक कुराहरु छन्। तर आम जनतामा जुन ढंगको सपना बाँडीएको थियो। जे सपना देखाइएको थियो त्यो अनुसार स्थानीय सरकारले काम भने गर्न सकेनन्।
अमृत पूडासैनी
कोभिडको समयलाई मात्र मूल्यांकन गर्ने हो भने त्यस समयमा केन्द्र सरकारभन्दा बढी उत्तरदायी स्थानीय सरकार भएको पाइन्छ। तर पनि स्थानीय सरकारको नेतृत्वकर्ता जनप्रतिनिधि भन्दा बढी पार्टीका कार्यकर्ता भएको पाइयो। साथै स्थानीय सरकारमा व्यापक भ्रष्टचार भएको पनि पाइयो। स्थानीय सरकार आउनुपूर्व जनतामा जुन उत्साह थियो, जनताले जे सोचेका थिए वास्तवमै जनताले सोचे जस्तो स्थानीय सरकार हुन सकेनन्।
कमला भण्डारी
स्थानीय सरकार आउनु भन्दा अगाडी र आएपछिको फरक केही छैन। यो गर्छु, त्यो गर्छु भनेर आश देखाउने तर चुनावमा जितेर गएपछि वास्ता नगर्ने पुरानै प्रवृत्ति कायम रह्यो। यहाँ नेतृत्वमा आएकाहरुले आफ्नो प्रगति गर्छन्, सम्पत्ति कमाउँछन्। पहिला पनि यही भएको थियो अहिले पनि यही भएको छ र भोलि पनि यही हुने देखिन्छ।
पदम भुजेल
