काठमाडौं, ९ पुस । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन सोमबारकै मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी भने १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
