• ट्रेण्डिङ्ग :
झोलुङ्गे पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु

झोलुङ्गे पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु


  • 2.7K
    SHARES
    • पौष १०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.1K Views

    झोलुङ्गे पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु

    रुकुम १० पुस । रुकुमपश्चिमको मुसीकोट नगरपालिका झोलुङ्गे पुलबाट हाम फालेका एक युवकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपाली रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पुलबाट हाम फालेका नेपालीको घटनास्थलमै मृत्यु भएको हो । 

    पुलबाट हाम फालेका नेपालीको शव पुलमुनि फेला परेको र मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्कापश्चात् मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइने बताइएको छ । घटनाको थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा