• ट्रेण्डिङ्ग :
देशका विभिन्न स्थानबाट लागूऔषध सहित ११ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषध सहित ११ जना पक्राउ


  • 4.3K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.6K Views

    देशका विभिन्न स्थानबाट लागूऔषध सहित ११ जना पक्राउ

    काठमाडौं,११ पुस/ देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम २१ मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-२ बस्ने ४६ वर्षीयजित नारायण श्रेष्ठलाई पक्राउ गरेको छ । त्यसैगरी धनगढी उपमहानगरपालिका-८ मुसकान टोल निवासी ३१ वर्षीय सुरेन्द्र भट्टलाई १ ग्राम ३१० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

    images

    धनगढी ३ चटकपुरबाट करिब ३ सय ६० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दगोरीया गाउँपालिका-२ निवासी २६ वर्षीय रामप्रसाद चौधरी र कैलारी गाउँपालिका ५ निवासी २५ वर्षीय हिमाल चौधरी रहेका छन् । त्यसैगरी ,इटहरी उपमहानगरपालिका-१८ बस्ने ५९ वर्षीय महिद मियालाई ५ सय ८६ ग्राम अवैध लागूऔषध गाँजा र ९० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको गोडैता नगरपालिका-१२ मधुवनीचोकबाट ५२ ग्राम ५१० मिलिग्राम अवैध लागूऔषध सेतो हेरोइन र नगद ३० हजार ३२० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका-४ ठुलीदमार बस्ने ३४ वर्षीय तेज बहादुर बराईली र बारा निजगढ नगरपालिका-१ सिंगोल बस्ने ४२ वर्षीय आनन्द बराईली रहेका छन् ।

    यसैगरी सर्लाही,हरिवन नगरपालिका-१० निवासी ६५ वर्षीया जय कुमारी पासवानलाई करिब १ किलो ७७ ग्राम अवैध लागूऔषध गाँजासहित बुधबार राति प्रहरीले पक्राउ गरेको ‍छ । इलाका प्रहरी कार्यालय हरिवनबाटखटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा गाँजा फेला पारेको थियो । त्यस्तै बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ५५० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बारबर्दिया नगरपालिका-८ बस्ने २२ वर्षीय सन्तोष आउजी, ३० वर्षीय राम प्रसाद चौधरी र २९ वर्षीय प्रेम भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     


    तेस्रो आँखा