• ट्रेण्डिङ्ग :
टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु

टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु


  • 2.9K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.5K Views

    टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु

    म्याग्दी ११ पुस । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको हो । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डीपी २ ए ७५६८ नम्बरको भारतीय टिप्पर दुर्घटना भएको हो ।

    images

    मृत्यु हुनेमा चालक भारत उत्तर प्रदेश बखरियका ३३ वर्षीय चालक दशरथ यादव र भेलघारीका ४० वर्षका सहचालक शत्रुधन रजक रहेका छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

    मृत्युक दुबैको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याएर राखिएको छ । घटनास्थलमा प्रहरी निरीक्षक सागर पौडेलको कमान्डमा प्रहरी पुगेको थियो ।


    तेस्रो आँखा