कञ्चनपुर १२ पुस । कञ्चनपुरमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । घर निर्माण गर्ने क्रममा विद्युतिय करेन्ट लागेर कैलाली लम्की घर भई महेन्द्रनगरमा मजदुरी गर्ने २८ वर्षिय मनिका कठरीयाको मृत्यु भएको हो ।
महेन्द्रनगरका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा कठरीयालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । सरिया उठाउने क्रममा हाइ/टेन्सन लाइनमा छोइँदा करेन्ट लागेर घाइते कठरीयाको नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
