• ट्रेण्डिङ्ग :
बाँकेमा आगोले जलेर ज्येष्ठ नागरिकको मृत्यु

बाँकेमा आगोले जलेर ज्येष्ठ नागरिकको मृत्यु


  • 2.0K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.1K Views

    बाँकेमा आगोले जलेर ज्येष्ठ नागरिकको मृत्यु

    बाँके १२ पुस । बाँकेको खजुरामा सुतेको बिस्तारामा आगो लागेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । खजुराका ९० वर्षीय रत्नबहादुर पौडेलको आगोमा जलेर मृत्यु भएको हो ।

    images

    गएराती अबेरसम्म परिवारका सदस्यहरूसँगै कुराकानी गरेर सुत्नुभएका पौडेललाई आज बिहान ४ बजेको समयमा आगोमा जलेर मृत्यु भएको अवस्थामा भेटिएको परिवारले जनाएको छ । उहाँ सुतिरहेको कोठाबाट जलेको गन्ध आएपछि ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएको परिवारका सदस्यले जनाएका छन् ।

    शारीरिक अवस्था कमजोर भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहनुभएका पौडेलको चुरोट पिउने बानी रहेको र मध्यराती चुरोट जलाउने क्रममा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । बन्द रहेको कोठामा धुवाँमा निस्सासिएर उहाँको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उहाँको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा