• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलाको एक लाख तीन हजार रुपैयाँ

सुनको मूल्य तोलाको एक लाख तीन हजार रुपैयाँ


  • 8.9K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    सुनको मूल्य तोलाको एक लाख तीन हजार रुपैयाँ

    काठमाडौं, २४ फागुन। सुनको मूल्य मंगलबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो।
     
    यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ। सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ।

    images


    तेस्रो आँखा