• ट्रेण्डिङ्ग :
ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा

ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा


  • 2.2K
    SHARES
    • पौष १५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.4K Views

    ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा

    काठमाडौँ, १५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान् पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् ।

    images

    तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    तमु ल्होसार/ल्होछारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिकरूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् । रासस


    तेस्रो आँखा