सर्लाही, १६ पुस/ सर्लाहीबाट प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका-११ भेषराज टोल निवसी ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका २ निवासी ३५ वर्षीय रत्नलाल जिम्बा रहेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
