• ट्रेण्डिङ्ग :
गैंडाको आक्रमणबाट महिला घाइते

गैंडाको आक्रमणबाट महिला घाइते


  • 2.1K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.2K Views

    गैंडाको आक्रमणबाट महिला घाइते

    मकवानपुर १७ पुस । मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बुधबार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घास काटन तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    images

    चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको र स्थानियहरुले हो हल्ला गरेपछि गैडा जंगल तर्फ भागेको प्रहरीले जनाएको छ। घाईते महिलाको हात,शरिर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाएको प्रहरीले जनाएको छ।


    तेस्रो आँखा