• ट्रेण्डिङ्ग :
बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा तीन जना पक्राउ

बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा तीन जना पक्राउ


  • 3.2K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.0K Views

    बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा तीन जना पक्राउ

    काठमाडौं १७ पुस । १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा लमजुङबाट एकै परिवारका तीन जना पक्राउ परेका छन् ।

    images

    भारत मोतिहारी घोडासान थाना बकुलिया–५, घर भइ बेसीशहर नगरपालिका–७, सहजी बस्ने ४० वार्षीय सेख सईतुला, उनकी श्रीमती र छोरा समेत तीन जना बेसीशहर नगरपालिका–७, बस्ने १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा पक्राउ परेका हुन् ।

    उनीहरुले ती बालिकालाई गएको मंसीर २४ गते अपहरण गरी भारत पुर्याएकोमा पुस १५ गते सोमबार पक्राउ गरि जिप्रका लमजुङ ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनु भयो । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताएउनु भयो ।


    तेस्रो आँखा