• ट्रेण्डिङ्ग :
देशका विभिन्न स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला


  • 2.2K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.4K Views

    देशका विभिन्न स्थानमा पाँच जना मृत फेला

    काठमाडौं, १७ पुस / देशभरका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलक बहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

    images

    त्यसैगरी कैलालीको गोदावरी नगरपालिका-२ तेधरी निवासी ४६ वर्षीय मनोज भट्ट आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै पोखरा महानगरपालिका १६ देउराली डाँडा निवासी ६२ वर्षीय गोबिन्द दमै सोही ठाउँको पहिरा वन सामुदायक जंगल नजिकै मृत अवस्थामा फेला परेका छन् । उता ललितपुर महानगरपालिका ४ धोवीघाट निवासी बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    पर्साको वीरगंज महानगरपालिका-१६ स्थित नेपाल भारत सिमाना मितेरी पुल नजिकै नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेको पनि प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा