• ट्रेण्डिङ्ग :
तुलसीपुरमा ट्रकको ठक्करबाट पैदल यात्रु घाइते

तुलसीपुरमा ट्रकको ठक्करबाट पैदल यात्रु घाइते


  • 8.6K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 13.2K Views

    तुलसीपुरमा ट्रकको ठक्करबाट पैदल यात्रु घाइते

    तुलसीपुर १८ पुस / तुलसीपुरमा ट्र्कको ठक्करबाट एक जना पैदल यात्रु घाइते भएका छन् । बिहीबार बिहान पौने १० बजेको समयमा तुलसीपुर ५ विपी चोकमा लु १ ख ६८९३ नं. को ट्रकले ठक्कर दिँदा पैदल यात्रु तुलसीपुर ५ निवासी ७० वर्षीय टेक बहादुर गिरी घाइते भएका हुन् । विरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको ट्रकले गिरीलाई ठक्कर दिएको हो ।

    images

    ट्रकको ठक्करबाट गिरीको बबया हात, खुट्टा र मुखमा चोट लागेको छ । उनको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ । घाइते गिरीको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


    तेस्रो आँखा