• ट्रेण्डिङ्ग :
बिजौरीमा स्कुल बसको ठक्करबाट एक जना घाइते

बिजौरीमा स्कुल बसको ठक्करबाट एक जना घाइते


  • 3.3K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.1K Views

    बिजौरीमा स्कुल बसको ठक्करबाट एक जना घाइते

    बिजौरी १८ पुस । बिजौरीमा स्कुल बसको ठक्करबाट एक जना घाइते भएका छन् । बिहीबार बिहान १० बजेको समयमा न्यु स्टार बोडिंग स्कुलको रा १ क १४५५ नं. को बसले सडकमा काम गरिरहेका व्यक्तिलाई ठक्कर दिएको हो ।

    images

    बसको ठक्करबाट सडकमा काम गरिरहेका सल्यान बागचौर नगरपालिका वडा नं. २ निवासी ६५ वर्षीय रविलाल केसी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    बसको ठक्करबाट केसीलाई टाउकोमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उहचार भई रहेको छ । बस र चालक तुलसीपुर १७ निवासी ५७ वर्षीय अर्जुन कुवरलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ । 


    तेस्रो आँखा