• ट्रेण्डिङ्ग :
पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत अवस्थामा फेला

पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत अवस्थामा फेला


  • 2.3K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत अवस्थामा फेला

    काठमाडौं १८ पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी २१ वर्षीया सुस्मिता खड्का मृत अवस्थामा भेटिएकी हुन् ।

    images

    बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको हो ।

    घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घटनाको अनुसन्धन अघि बढाइएको प्रहरीले जनाएको छ ।

    मृतकका आफन्तबाट जाहेरी दरखास्त लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा