• ट्रेण्डिङ्ग :
रौतहटको एक घरमा सुरुङ बनाएर चोरी

रौतहटको एक घरमा सुरुङ बनाएर चोरी


  • 4.9K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.5K Views

    रौतहटको एक घरमा सुरुङ बनाएर चोरी

    रौतहट १८ पुस । चोरको समूहले सुरुङ बनाएर रौतहटको एक घरमा चोरी गरेका छन् । फतुवाविजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो ।

    images

    बुधबारको राति करिब १२ बजेको समयमा सुरुङ बनाइघरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राजकिशोर साहले बताए । उनकाअनुसार पाँचवटा मोबाइल गरगहना र नगद दुई लाख गरी करिब पाँचलाख बराबरको चोरी भएको छ । गाउँको युवाहरूले चोरी भएको मोबाइलको आधारमा खोजीगर्दै जाँदा फतुवागाउँको मठको नजिक चारवटा चोर फेला परेको उनले जानकारी दिए ।

    चोरी भएको मोबाइलहरू र गर/गहना र रकम त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुर बुझाएका छन । केहीदिन आघि पेटभर्वा गाउँकै चारवटा घरमा चोरी भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको छ ।


    तेस्रो आँखा