• ट्रेण्डिङ्ग :
मानवलाई सडकमा आउन नपर्नेगरी भूमिका बढाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

मानवलाई सडकमा आउन नपर्नेगरी भूमिका बढाउन जरुरी छ : मुख्यमन्त्री आचार्य


  • 2.5K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    मानवलाई सडकमा आउन नपर्नेगरी भूमिका बढाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

    देउखुरी, १८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्नु भएको छ । राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरुको लागि नव निर्मित भवनको बिहिवार उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भयो ।

    images
    84e977de-0f7c-4785-bd24-44fce6cd0a2f.jpg

    अमानवीय व्यवहारकाकारण मानिसलाई घरबाट सडकमा पु¥याएको उल्लेख गर्दै उहाँले यसखाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताउनु भयो ।‘ अमानवीय वर व्यवहारले मानिसलाई सडकमा पु¥याएको छ । यसखाले समस्या समाधानकालागि मानिसमा चेतना बढाउन जरुरी छ’उहाँले भन्नुभयो,‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् । मानिसले यस्तो कसरी गर्न सक्छ रु कारण खोजेर चेतना अभिवृद्धिकोलागि ध्यान दिन जरुरी छ ।’ संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामिले त्यो जिम्मेवारी निर्वाह गर्छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘ प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’

    99a0f8e4-7078-4209-99fc-aeae8d47ee5b.jpg

    सरकार सबैको हो भन्ने महशुस गराउनेगरी काम भइरहेको, मानव कल्याणकोलागि निलसागर आश्रमले गरेको कामको उदाहरणीय भएको चर्चा गर्दै उहाँले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्थापनकालागि प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । आश्रमको नाममा बाँकेमा जग्गा प्राप्ती भएको खण्डमा भवन निर्माणकोलागि प्रदेश सरकारले साझेदारी गर्ने समेत विश्वास दिलाउनु भयो । घर परिवारमा मनाउने उत्सवहरु समेत आश्रममा पुगेर मनाउन मुख्यमन्त्री आाचर्यले आह्वान समेत गर्नु भयो । राप्ती गाउँपालिकाले भवन उद्घाटन कार्यक्रम आयोजना गरेको थियो । पालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी तीन तहकै सरकारको भएको बताउनु भयो ।

    कानूनी जटिलता फुकाउदै मानव कल्याणका कामहरुलाई अघि बढाउन जरुरी रहेकोमा जोड दिनुभयो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संविधानले सुनिश्चित गरेका अधिकारलाई जनताले महशुस गर्नेगरी कार्यान्वयन प्रदेश सरकारले गरिरहेको बताउनु भयो । प्रदेश सभा सदस्य इन्द्रजीत थारुले सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूती दिलाउने जिम्मेवारी राज्यको भएको बताउनु भयो । निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले मानव सेवाकालागि राज्य तहबाट सहयोग र सहकार्य हुँदा अभियानले थप व्यापकता पाउने बताउनु भयो ।


    तेस्रो आँखा