• ट्रेण्डिङ्ग :
बाँकेमा १४६ जना कुष्ठरोगका नयाँ बिरामी भेटिए

बाँकेमा १४६ जना कुष्ठरोगका नयाँ बिरामी भेटिए


  • 2.7K
    SHARES
    • पौष १९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.1K Views

    बाँकेमा १४६ जना कुष्ठरोगका नयाँ बिरामी भेटिए

    बाँके १९ पुस । बाँके जिल्लामा १४६ जना कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आव ०८०/८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ ।

    images

    अस्पताल प्रमुख मङ्गल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४ जना, बर्दियाका २४ जना, भारतका २१ जना, रोल्पाका ५ जना, दैलेखका ४ जना र सुर्खेतका एकजना रहेका छन्। पहिचान भएकामध्ये ३९ प्रतिशत विरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको पाइएको जानकारी उनले दिए। साइनिङ अस्पतालले बहिरङ्ग सेवामार्फत १७ हजार २६५ जनालाई सेवा प्रदान गरेको जनाएको छ।

    अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको जनाएको छ ।


    तेस्रो आँखा