घोराही १९ पुस / आउँदो माघ ५ गतेदेखि ११ गतेसम्म झिगौरामा पर्यटन तथा सांस्कृितक प्रदर्शनी माघे मेला हुने भएको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा माघे मेला हुने भएको हो ।
समितिका अध्यक्ष बेदबहादुर बुढामगरको अध्यक्षता एवं संघका केन्द्रीय सदस्य शारदा पुनको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन भएको थियो । घोराही १४ झिगौरामा हुने मेलामा झाकी प्रदर्शन गरिने भएको छ । कार्यक्रममा मगर संघका जिल्ला कार्यबहाक अध्यक्ष मुक्त बुढाले धन्यवाद दिनुभएको थियो । कार्यक्रम सहजीकरण काबा सचिव गणेश प्रताप पुनले गर्नुभएको थियो ।
