• ट्रेण्डिङ्ग :
बासनामा नअल्झिऔं

बासनामा नअल्झिऔं


  • 4.5K
    SHARES
    • पौष २०, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.9K Views

    बासनामा नअल्झिऔं

    काम बासना प्रगतिको बाधक हो सबैले जानी राखौं 
    कामना भावनामा बदलौं हामी सबैले व्यावहारिक बनाइ राखौं 

    images

    बासनाको इन्द्रियमा फैलिएको साम्राज्य हटाउन 
    उर्जाको अग्रसरता बिस्फोट हुनेछ हामी रमाउन 

    विवेकशील भइ सबैले दुष्प्रवृत्ती त्याग्नु छ
    निकृष्ट   कामनालाई सत्मार्गमा बदल्नु छ

    भावलाई व्यावहारिक बनाउन महामानवको ज्ञान लिऔं
    बासनालाई भावनामा बदल्नु छ हामीले जानि लिऔं

    व्यक्तिगत सुविधामा सधैं सबैले शक्तिलाई खर्चिऔं
    जीवन दुर्गतिमा जाँदैछ समय अनावश्यक नखर्चिऔं

    थरीथरीका भ्रम तृष्णाले समाप्ति हुँदैछ हाम्रो प्राण 
    चाहना बासनाको गर्दागर्दै  स्विकार्दै छौँ अपमान 

    मानवीय पतनको मुख्य कारण बासना हो जानौं
    बासनालाई कामनामा बदल्न समय छदैं जानौं

    सृष्टिको कुना कुनामा छ मोहको बिस्तार 
    निस्वार्थ रूपमा लागौं हामी बदल्नु छ संसार 

    चित्तवृत्ती निरोधबाट धारणा ध्यानमा हुन्छ चमत्कार 
    मानवीय जीवन सार्थक बनाऔं यहीँ हो महान आविष्कार 

    अनावश्यक पुराना सोंच बदलौं  सत्कर्म गरौं सधैं 
    निच मान्यतामा अल्झी रहँदा दुखमा भन्ने छैनन् कठै!

    पाप पतनको पिडाबाट मुक्त भइ हर्षित रहौं सधैं 
    अवसर सदुपयोग गरौं सुख मार्गमा लागौं आजै 

    प्रगतिशील कर्ममा सहकार्य गर्दै चलाऔं साझा अभियान 
    बासनालाई कामनामा बदल्दै सबैले पाउनु छ सम्मान

  • सम्बन्धित विषय:

  • # लागूऔषध सहित पक्राउ

  • श्रीराम दहित
    लेखकबाट थप