• ट्रेण्डिङ्ग :
क्यानडामा सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु

क्यानडामा सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु


  • 3.8K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.8K Views

    क्यानडामा सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु

    काठमाडौं २५ पुस । क्यानडामा सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ घर भएका युनेश गिरी रहेका छन् । उनी क्यानडाको ब्राम्टनमा बस्दै आएका थिए ।

    images

    क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे क्युबेक सिटीमा उनको मृत्यु भएको हो । घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले उनलाई ठक्कर दिएको थियो ।

    गाडीको ठक्करबाट युवाको घटनास्थलमै मृत्यु भएको क्यानडामा कार्यरत कानुन व्यवसायी केशव दाहालले जानकारी दिनुभयो । दाहसंस्कारको लागि गिरीको शव नेपाल ल्याउने तयारी भइरहेको छ । अध्ययनका लागि युनेश सन् २०२२ को जनवरी ११ मा क्यानडा पुगेका थिए ।

     


    तेस्रो आँखा