• ट्रेण्डिङ्ग :
मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता : मुख्यमन्त्री

मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता : मुख्यमन्त्री


  • 4.4K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.8K Views

    मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता : मुख्यमन्त्री

    दाङ २५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणकालागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । मुस्लिम आयोगले बिहिबार दाङको लमहीमा आयोजना गरेको मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध बिषयक सशक्तीकरण तथा क्षमता विकास कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले समुदायको सशक्तिकरण र जागरणकालागि समुदायले चलाउने अभियानलाई प्रदेश सरकारले साथ दिने बताउनु भएको हो ।‘ मुस्लिम समुदायका बालबालिका अझैं पनि शिक्षाबाट टाढा रहनु परेको छ । प्रदेश सरकारले उच्च शिक्षामा किशोरीहरुलाई पूर्णछात्रावृत्ति दिएको छ ।

    images

    तर, यो छात्रावृत्ति लिने किशोरीको संख्या थोरै छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘समुदायका अगुवाहरुनै समाज परिवर्तन र जागरणमा अघि सर्न जरुरी छ ।’ प्रदेश सरकारले मुस्लिम समुदायको निजामती क्षेत्रमा समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले निजामती क्षेत्रमा मुस्लिम समुदायको ७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको समेत बताउनु भयो ।‘सचेतना र सशक्तीकरणको क्षेत्रमा समुदाय र सरकार मिलेर अघि बढ्न जरुरी छ । सुरुवात समुदायबाटै हुन आवश्यक छ’उहाँले भन्नुभयो,‘प्रदेश सरकाले मदरसा शिक्षालाई सुधार गर्न सहयोग गरेको छ ।

    6152ebe9-e8ef-47e8-9f13-4a6fcde6eed0.jpg

    यो शिक्षालाई समयानकुल बनाउदै लैजानुपर्छ ।’ लुम्बिनी प्रदेशका तराईका जिल्लामा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या जटिल रहेको उल्लेख गर्दै सुधारकालागि सामाजिक मुल्य मान्यताहरुमा समेत परिवर्तन ल्याउन जरुरी रहेको बताउनु भयो ।‘मुस्लिम समुदायमा २० बर्ष नपुग्दै छोरीहरुको विवाह गर्ने प्रवृत्ति छ । यसलाई रोक्न जरुरी छ’उहाँले भन्नुभयो,‘बालविवाहलेनै मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण बढाएको छ । यसलाई सुधारगर्न प्रदेश सरकारले पोषण कार्यक्रमलाई प्राथमिकता दिएर लागु गरेका छौं ।’ समुदाय भित्र अझैं महिला–पुरुष विच विभेद रहिरहेको भन्दै त्यसलाई अन्त्य गर्न सामाजिक काम र जिम्मेवारीमा महिला सहभागीता बढाउन समुदायका अगुवाहरुलेनै बिशेष ध्यान दिनुपर्ने भनाई उहाँको छ ।

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो । मुस्लिम आयोगका अध्यक्ष मियाँले मुस्लिम समुदायको सहभागिता र सशिक्तकरणकालागि तीन तहकै सरकारले बिशेष कार्यक्रम प्याकेज निर्माण गरेर लागु गर्न आवश्यक रहेको धारणा राख्नुभयो । शिक्षा, स्वास्थ्य, तथा  रोजगारी सुनिश्चित गर्न सरकारले ध्यान दिनुपर्ने, राज्यले प्रदान गर्ने सबैखाले अवसर सुनिश्चित गर्न आग्रह गर्नु भएको थियो ।


    तेस्रो आँखा