• ट्रेण्डिङ्ग :
घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक मेलाको तयारी

घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक मेलाको तयारी


  • 6.6K
    SHARES
    • माघ २, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 10.1K Views

    घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक मेलाको तयारी

    घोराही, २ माघ । नेपाल मगर संघ घोराही नगर समितिले प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सञ्चालन गर्ने तयारी गरेको छ ।
    मगर समुदायको पर्वको रुपमा रहेको माघे संक्रान्तीलाई लक्षित गर्दै माघ ५ गतेदेखि ११ गतेसम्म मेला आयोजना गर्न लागेको समितिका अध्यक्ष बेद बहादुर बुढाले जानकारी दिनुभयो ।
    मेलामा मगर समुदायको भेषभूषाको प्रदर्शनी, विभिन्न खानाका परिकारको प्रदर्शनी र रमाइलो मेला लगाउने तयारी भइरहेको पनि अध्यक्ष बुढाले बताउनुभयो ।
    मेलामा मगर पोसाक र खानाको स्टलहरु पनि राख्नेगरी व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मेला

  • तेस्रो आँखा
    लेखकबाट थप