• ट्रेण्डिङ्ग :
हिमाली जिल्ला हुम्लामा हिमपात सुरु

हिमाली जिल्ला हुम्लामा हिमपात सुरु


  • 2.8K
    SHARES
    • माघ ३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.3K Views

    हिमाली जिल्ला हुम्लामा हिमपात सुरु

    हुम्ला, माघ ३ । हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो । 

    images

    बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका-५ का लोकेन्द्र रावतले जानकारी दिनुभयो । बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उहाँले बताउनुभयो । सिमकोटमा परेको हिउँ जमिनमा जम्न सुरु भएको छ भने चिसो बढेको उहाँले बताउनुभयो । 

    त्यसैगरि नाम्खा गाउँपालिकाका सबै वडामा पनि हिमपात सुरु भएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । लिमीमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । 

    हिउँ पर्ने क्रम जारी रहेको बताउँदै उहाँले अग्ला स्थान न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताउनुभयो । हिउँ परिरहेको कारण चिसो निक्कै बढेको छ । यो हिमपात पाँचौं पटक हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।


    तेस्रो आँखा