• ट्रेण्डिङ्ग :
एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह


  • 5.0K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं, २७ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियाेजनाले ठेक्का खाेल्ने, यसमा टेन्डर हालेर पार्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

    images

    नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली व्यवसायीलाई एमसीसीले ठेक्का खाेलेकाे बेला लिन आग्रह गरेका हुन् । 

    ‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ, तपाइँहरुले हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन्, चीनका पनि आउन सक्छन् तर, तपाइँहरुले टेन्डर हाल्नुहोस् र पानुहोेस्।’

    भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताउदै प्रधानमन्त्री देउवाले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको मत्वपूर्ण भूमिका रहेकाे समेत बताए। निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको प्रधानमन्त्री आश्वासन दिए । प्रधानमन्त्री देउवाले केही ऐनहरु संशोधन गरिएको जानकारी समेत गराए । 

     


    तेस्रो आँखा