तुलसीपुर, ७ माघ । तुलसीपुरमा १९ गतेदेखि २६ गतेसम्म प्रथम अन्तर वडा कप रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजनामा अन्तर वडा कप प्रतियोगिता हुन लागेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजनामा सोमबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको थियोे । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (बर्षात) को अध्यक्षतामा भएको कार्यक्रममा "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू" भन्ने मुल नाराका साथ उक्त कार्यक्रम आयोजना हुन लागेको जानकारी दिइएको छ । उक्त प्रतियोगिता अरुनिको मैदान तुलसीपुर दाङमा हुने भएको छ ।
वडाध्यक्ष भण्डारीले वडाकप प्रतियोगितामा १९ वटै वडाका खेलाडीहरुलाई सहभागी गराउने कुराको जानकारी दिनुभयो । उक्त प्रतियोगितामा भाग लिने खेलाडीहरु वडा भित्रकै बासिन्दा हुने र बाहिरको बासिन्दा भएमा कारबाही गर्दै पुसको अन्तिम मसान्ता सम्म बसाइँसराइ ल्याएको बासिन्दालाई खेल खेल्न दिने वडाध्यक्ष भण्डारीको भनाइ छ । उहाँका अनुसार यो प्रतियोगिता नकआउट चरणमा संचालन गरिनेछ ।
फुटबल खेल विश्वमा सबैभन्दा लोकप्रिय, संसारमै सार्बाधिक मानिने, सबैभन्दा बढि धनराशि भएको, सबैभन्दा धेरै रोजगारी प्रदान गर्ने, सबैभन्दा बढी पर्यटन भित्र्याउने भएकाले यसको आयोजना गरेको वडाध्यक्ष भण्डारीले बताउनु भएको छ । दाङ जिल्लाकै सर्बाधिक धनराशि पुरुस्कार २ लाख ६६ हजार ६ सय ६६ रुपैया र चादिको रनिङ शिल्ड अन्तर वडा कप फुटबल प्रतियोगिता रहेको उहाँको भनाइ छ ।
साथै फुटबल प्रतियोगिताको दोस्रो पुरुस्कार १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र मेडल, कप प्रमाणपत्र छ । सर्बोकृष्ट खेलाडी (एक जनालाई) ८ हजार, उत्कृष्ट गोलकीपर (एक जनालाई) ५ हजार, सर्बाधिक गोलकर्ता (एक जनालाई) ५ हजार, उतकृष्ट मध्यपंति खेलाडी (एक जनालाई) ५ हजार, उतकृष्ट प्रशिक्षक (एक जनालाई) ५ हजार र म्यान अफ द म्याच प्रतिखेल (एक जनालाई) १ हजार लगायतका विभिन्न विधागत पुरुस्कारहरुको व्यवस्था गरिएको छ ।
टेकान्दो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय खलाडी मोहन सुनार, फुटबल संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष सिक्मा चौधरी, फुटबल संघ दाङका महासचिव तथा खेलकुद पत्रकार लक्ष्मण बस्नेत र युवा व्यवसायी खेलप्रमी तथा समाजसेवी टोपेन्द्र डागीँ लगायतका व्यकित्तवहरुको उपस्थिति रहेको थियो ।
युथ्स अफ तुलसीपुर र मदन भण्डारी युथ क्लब तुलसीपुरको सहकार्यमा अन्तर वडा स्तरीय रनिङ शिल्ड हुने भएको छ । साथै पत्रकार सम्मेलनको सहजिकरण नानुमैया केसीले गर्नु भएको थियोे ।
