• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ११ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा ११ सय रुपैँयाले बढ्यो


  • 2.5K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सुनको मूल्य तोलामा ११ सय रुपैँयाले बढ्यो

    काठमाडौं, ८ माघ । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

    images

    छापावाल सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ७६ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा