• ट्रेण्डिङ्ग :
रुपन्देही जिल्ला अदालतमा लामिछानेको बयान सुरु

रुपन्देही जिल्ला अदालतमा लामिछानेको बयान सुरु


  • 3.1K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.8K Views

    रुपन्देही जिल्ला अदालतमा लामिछानेको बयान सुरु

    बुटवल, ९ माघ ।  रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।

    images

    बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला  अदालत रुपन्देहीका सूचना  अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान  सुरु भएको  जानकारी दिनुभयो । उहाँले बयान साँझसम्म चल्ने बताउनु भएको छ ।

    रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा  परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारीले पीडित  दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर हुनु भएके हो। बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आउनु भएके हो । 


    तेस्रो आँखा