• ट्रेण्डिङ्ग :
सिद्धार्थनगर नगरपालिकाले चौपाया छाडा छाड्नेलाई जरिवाना

सिद्धार्थनगर नगरपालिकाले चौपाया छाडा छाड्नेलाई जरिवाना


  • 2.7K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.1K Views

    सिद्धार्थनगर नगरपालिकाले चौपाया छाडा छाड्नेलाई जरिवाना

    रुपन्देही, १० माघ । जथाभावी छाडा चौपाया छोड्ने चौपाया धनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ । छाडा चौपाया नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।

    images

    नगरमा छाडा गाई वस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत हप्ता देखी अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत हालसम्म ७८ वटा गाई गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले जानकारी दिनुभयो ।

    ‘छाडा चौपाया आफ्नो भनी दाबी गर्न आएका दुई जनालाई सात हजारका दरले जरिवाना गरेर गाई जिम्मा लगाएका छौँ’ यादवले भन्नुभयो, ‘छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवाना गराई फेरी छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।’

    गत वर्ष नवलपरासीको गौशालामा चौपाया व्यवस्थापन गरेको नगरपालिकाले हाल कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको गौशालामा चौपाया व्यवस्थापन गर्न थालेको छ ।

    छाडा चौपायाले सडकमा जाम गर्नुका साथै बालीनाली खाइदिन थालेपछि छाडा चौपाया व्यवस्थापन अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तिायक अहमद खानले बताउनु भएको छ ।

    गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउने र बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखेट्ने गरेकाले नगरमा छाडा चौपायाको समस्या हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभयो ।


    तेस्रो आँखा