तुलसीपुर, ११ माघ । नेकपा माओवादी केन्द्र तुलसीपुर नगरको अधिवेशन तथा खबरदारी सभा सुरु भएको छ । तुलसीपुर तेस्रो नगर अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्न पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङको तुलसीपुर स्थित अरुनीको मैदानमा उपस्थित भैइसक्नु भएको छ । उहाँलाई विभिन्न नाच तथा पार्टि कार्यकताहरुले स्वागत गनुभएको हो ।
साथै उक्त सभालाई सम्बोधन गर्न पुर्व सञ्चार तथा सुचना मन्त्री रेखा शार्मा, लुम्बिनि प्रदेशका पुर्व अर्थमन्त्री धन बहादुर मास्की लगायतका शिष्ट व्यक्हिरुको सहभागितामा नगर अधिवेशन सुरु भएको छ ।
