• ट्रेण्डिङ्ग :
बिमाको रकम नआउँदा उपचारमा समस्या

बिमाको रकम नआउँदा उपचारमा समस्या


  • 3.7K
    SHARES
    • माघ १२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.7K Views

    बिमाको रकम नआउँदा उपचारमा समस्या

    नेपालगन्ज, माघ १२ । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमाबापतको रकम नपाउँदा बिरामीको उपचारमा समस्या आउन थालेको जनाएको छ । सरकारको स्वास्थ्य बिमा बोर्डले अस्पताललाई हालसम्म भुक्तानी गर्नुपर्ने १० करोड रुपियाँ भुक्तानी नगर्दा समस्या आएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। नीराजन सुवेदीले बताउनुभयो । 

    images

    उहाँका अनुसार बिमा बोर्डले अस्पताललाई पठाउनुपर्ने गत आर्थिक वर्ष २०८०र८१ को वैशाख, जेठ र असार महिनाको चार करोड रुपियाँ र चालु आव २०८१र८२ को साउनदेखि पुससम्मको करिब ६ करोड रुपियाँ गरी १० करोड रुपियाँको भुक्तानी रोकिएको छ । 

    अस्पतालले बोर्डबाट हालसम्म पाउनुपर्ने बिमाबापतको करिब १० करोड रुपियाँ नपाउँदा बिरामीको उपचार प्रभावित भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुवेदीले बताउनुभयो । स्वास्थ्य बिमाका कारण अस्पतालमा बिरामीको चाप बढे पनि बिमाको रकम भुक्तानी नपाउँदा अस्पताल चलाउन समस्या भइरहेको उहाँले बताउनुभयो । बिमाबापतको रकम भुक्तानी नपाउँदा औषधी, केमिकललगायत सामान ढुवानीकर्तालाई भुक्तानी दिन नसकेको बताउँदै उहाँले ढुवानीकर्ता ९सप्लायर्स० ले नियमित रूपमा आवश्यक सामान उपलब्ध गराउन 

    नसकेको बताउनुभयो । सरकारले स्वास्थ्य बिमा लागु गर्दा गरिब तथा विपन्न समुदायलाई राहत मिलेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो । उहाँले बिमा लागु गरिएपछि अस्पतालमा आएर छुट माग्नेहरू पनि घट्दै गएका बताउनुभयो । बिमा बोर्डले वार्षिक तीन हजार पाँच सय रुपियाँमा स्वास्थ्य बिमा गराएबापत परिवारका पाँच सदस्यलाई एक लाख रुपियाँ बराबरको उपचार सुविधा दिँदै आएको छ । अस्पतालले स्वास्थ्य बिमासम्बन्धी छुट्टै काउन्टर राखेको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई अस्पतालले व्यवस्थित गर्दै लगेको छ ।    


    तेस्रो आँखा