• ट्रेण्डिङ्ग :
हामी सहिद परिवारसँगै छौं : प्रचण्ड

हामी सहिद परिवारसँगै छौं : प्रचण्ड


  • 2.3K
    SHARES
    • माघ १२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.5K Views

    हामी सहिद परिवारसँगै छौं : प्रचण्ड

    देउखुरी, माघ १२ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  हिजोका दिनमा कमजोरी भए पनि अहिले माओवादी सहिद परिवारसँगै रहेको बताउनुभएको छ। 

    images

    दाङ घोराही उपमहानगर पालिका वडा न। १४ मा सहिद परिवारसँग भेटघाट गर्दै अध्यक्ष प्रचण्डले विगतमा सहिद परिवार, घाइते, अपांगसँग माओवादी टाढा भएको जस्तो भए पनि माओवादीले सहिद परिवारलाई कहिल्यै भुल्न नसक्ने दाबी गर्नुभयो। 

    अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजो कताकता सहिद परिवारबाट टाढिएको जस्तो देखिएको हो, पार्टी सहिद परिवारसँगै छ, पछिल्लो पटक हामी सहिद परिवारका गुनासो सुन्दै आएका छौँ।’ 

    घाइते र सहिदकै कारण नेपालमा परिवर्तन सम्भव रहेको भन्दै अध्यक्ष प्रचण्डले पछिल्लो पटक सरकारमा रहँदा सहिदको नाम राजपत्रमा उल्लेख गरेर भएपनि केही सकरात्मक काम गरेको बताउनुभयो। 

    प्रचण्डले शनिबार बिहान सहिद परिवारकै घरमा खाना खानुभएको हो। प्रचण्ड शुक्रबारदेखि दाङमा हुनुहुन्छ।  


    तेस्रो आँखा