• ट्रेण्डिङ्ग :
घोराही उप–महानगरपालिका न्यायिक समितिको प्रगति ५८ प्रतिशत

घोराही उप–महानगरपालिका न्यायिक समितिको प्रगति ५८ प्रतिशत


  • 2.8K
    SHARES
    • माघ १४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    घोराही उप–महानगरपालिका न्यायिक समितिको प्रगति ५८ प्रतिशत

    घोराही, १४ माघ । घोराही उप–महानगरपालिकाको न्यायिक समितिमा आएका विवाद मध्ये ५८ प्रतिशत निरुपण भएका छन् ।
    समितिले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्दै जम्मा ७९ वटा विवाद मध्ये ४६ वटा विवाद फर्छ्याैट गरेको जनाएको छ । घोराही उप–महानगरपालिका न्यायिक समिति संयोजक हुमा डिसीले हालसम्मको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । सीमित स्रोत साधनकाबीच समितिले कानुनी साक्षरता कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको बताउनुभयो । ‘हामीले १ देखि १५ नम्बर वडासम्म कानुनी साक्षरता कार्यक्रम गरिसकेका छौं’ डिसीले भन्नुभयो ‘अब बाँकी रहेका १६,१७, १८ र १९ नम्बर वडामा पनि छिट्टै कार्यक्रम गर्छाैं ।’
    समितिले गत आर्थिक वर्षबाट सरीआएका २७ वटा विवादसहित ७९ मध्य ४६ वटा निरुपण गरेको र बाँकी ३३ वटा प्रक्रियामा रहेको जनाएको छ । समितिमा धेरैजसो जग्गा सम्बन्धि विवादहरु आउने गरेका छन् । यस्तै मजदुरहरुले ज्याला नपाएको, घरेलु हिंसा सम्बन्धि विवादहरु पनि समितिमा आउने गरेका छन् ।

    images