• ट्रेण्डिङ्ग :
तीन वर्षसम्म चार किलोमिटर कालोपत्रे  

तीन वर्षसम्म चार किलोमिटर कालोपत्रे  


  • 5.4K
    SHARES
    • फाल्गुण २९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    तीन वर्षसम्म चार किलोमिटर कालोपत्रे  

    काठमाडाैं,२९ फागुन । कैलालीको सहजपुर–डोटी बोगटान (५० किमि) सडक कालोपत्रे अलपत्र परेको छ । पीआरएल कुमार जेभीले २०७५ फागुनमा ३० महिनामा सक्ने गरी जिम्मा लिएको थियो ।  तर, तीन वर्षसम्म चार किलोमिटर मात्रै कालोपत्रे गरेको छ ।

    images

    रूख कटान, बेमौसमी वर्षा तथा कोरोनाका कारण समयमा काम गर्न नसकिएको सहजपुर–बोगटान–दीपायल सडक आयोजनाका प्रमुख उज्वल श्रेष्ठले बताए।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते सडक कालोपत्रेको शिलान्यास गरेका थिए। 

    ‘शिलान्यास भएको २८ महिनापछि मात्रै रूख काट्ने आदेश आयो। बेमौसमी वर्षाले काम गर्न दिएन,’ श्रेष्ठले भने । आयोजनाको म्याद २०७९ असारसम्म थपिएको छ। ‘त्यो बीचमा ३३ किमि कालोपत्रे गरिसक्छौं,’ उनले भने । अहिले कैलालीको सहजपुरबाट साढे चार किमिको काम सकिएको छ। 

    त्यसपछिको १३ किमिमा सबबेश लगाइसकिएको योजना सुपरभिजन कन्सलटेन्ट पुष्प भट्टले जानकारी दिए । २०७९ माघभित्र पूरा हुने उनले बताए। २ अर्बमा ठेक्का लागेको छ । यो खण्ड ट्रयाक खोल्ने कार्य २०४४ सालमा सुरु भएको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप