• ट्रेण्डिङ्ग :
प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन

प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन


  • 4.5K
    SHARES
    • माघ १९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.9K Views

    प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन

    घाेराही। प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाल चुनिएकी छन्।  शनिवार दाङको घोराहीमा सम्पन्न जिल्ला शाखा दाङको १० औँ अधिवेशनले  ढकालको नेतृत्वमा नयाँ कार्यसमिति बनाएकाे हो। 

    images

    नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा  लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ति, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुन मगर, कोषाध्यक्षमा चन्द्रप्रकाश नेपालीलाई चयन गरिएको छ। यस्तै सदस्यहरूमा महेश बस्नेत, सुशील परियार, चेतन ओली, दीपक ओली, रामप्रसाद सुवेदी, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्ती मगर, अभिषेक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, दीपक चौधरी, प्रेमकुमारी बुढा, हिमाल खड्का, शैलेश अधिकारी, रमा नेपाली र राजकुमार विश्वकर्मालाई चयन गरिएको छ । 

    प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सबिन प्रियासनको प्रमुख अतिथ्यमा दशौं अधिवेशन सम्पन्न गरिएको थियो। 

    अधिवेशनको उद्घाटन सत्रको प्रमुख वक्ताका रुपमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी रहनुभएको थियो। उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी प्रतिभा पुरस्कारबाट पत्रकार दीपक जीएम र प्रेमकुमारी बुढालाई सम्मान गरिएको थियो । यस्तै भुवन देवकोटालाई अविराम सम्मान गरिएको छ। कार्यक्रममा विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान गरिएको थियो।


    तेस्रो आँखा